खीर कसरी बनाउने ?, खीरको रेसिपी,खीर कसरी बनाउने,खीर पकाउने विधि ?, खीर पकाउन लाग्ने अनुमानित समय,
खीर कसरी बनाउने / खीर पकाउने विधि ?
खीरको रेसिपी
जहिले पनि, जहाँ पनि चामल र दुधको मिश्रणबाट पकाइने एक किसिमको परिकार नै खीर हो, यो भात जस्तै हुन्छ तर सधै पकाइदैन यो परिकार कहिलेकाहीँ पकाइन्छ । श्रावण महिनामा नेपालीहरूलाइ मनपर्ने र श्रावण १५ गते नेपालीहरूले नबिराइ पकाएर खाने परिकार नै खीर हो । खीर केहि सामग्रीहरु संग मिलाएर छिटो र सजिलै संग बनाउन सकिन्छ। खीर वास्तवमा चाडपर्व मनाउनको लागि उत्तम परिकार हो र यसलाई मिठो परिकारको रूपमा घरमा मनपरेको जुनसुकै बेला नेपालीहरूले खाना वा खाजाको रूपमा पछि पकाइखाने गर्दछन् । नेपालमा चामल र दुधको मिश्राणबाट पकाइने खानामा अन्य सामाग्रीहरू किसमिस, अलैंची, बदाम, नरिवल, घिउँ, चिनी इत्यादीले सजाएर पकाएको भातको मीठोको परिकारलाई खीर भनिन्छ।
![]() |
खीर कसरी बनाउने / खीर पकाउने विधि ? |
खीर पकाउन लाग्ने अनुमानित समय
- तयारि गर्न लाग्ने समय 10 मिनेट
- पकाउने समय 25 मिनेट हो
- कुल पकाउन लाग्ने समय ३५ मिनेट
खीर बनाउन आवश्यक पर्ने साम्राग्रीहरू
- फुल क्रीम सहितको दूध (ताजा दूध)
- धोएको चामल
- ½ कप चिनी
- किशमिश, अलैंची,आधा कप घिउ, काजू, पिस्ता, नरिवल र बादाम (काटिएको),
खीर कसरी बनाउने / खीर पकाउने विधि ?
- एउटा सफा गहिरो भाडा वा प्यानमा चामल र दूध उमाल्नुहोस् ।
- कम आगोमा चामल र दुध पकाउने, उम्लेर दूध गाढा नभए सम्म घरिघरि सफा पनिउले चलाइ राख्नुहोस् ।
- दुध गाढा भइसकेपछि चिनी मिसाउनुहोस् ।
- चिनी राम्रो संग नघोलिएसम्म उनिउले चलाइ राख्नुहोस् ।
- खीर पाक्नु लागेको महसुस भए पछि, खीरमा किशमिश, घिउ, काजू-बदाम, पिस्ता र नरिवल मिसाइ राम्रो संग चउलाउनुहोस् ।
- तपाइको खीर खानलाइ तयारी छ, अब तपाइ तातो वा चिसो आफ्नो इच्छा अनुसार खान सक्नुहुनेछ ।
COMMENTS